सुनसरीमा ससुराको हत्या गरेको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।
भोक्राहानरसिंह गाउँपालिका-६ पिपलचोक बस्ने ७० वर्षीय खटर मण्डलको हत्या गरेको आरोपमा उनकै बुहारी ३५ वर्षीया गुड्डी मण्डललाई प्रहरीले पक्राउ गरेको हो। शनिबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
गुड्डीले कुटपिट गर्दा खटरको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिरौलीचोक र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी खटिएको थियो।
उक्त टोलीले बुहारी मण्डललाई पक्राउ गरेको हो।
घटनाको अनुसन्धान प्रहरीले गरिरहेको छ।
*सच्याइएको