काठमाडौंबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ। कर्णाली प्रदेश–०२–००१ ख– ०३६२ नम्बरको यात्रुबाहक बस
पूर्वपश्चिम राजमार्गको लमही–९ शिवखोला नजिकै मंगलबार बिहान दुर्घटना भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा १५ जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर रहेको उनले बताए।
‘कल्भर्टमा ठोक्किएर १५ मिटर तल खसेको छ। घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ,’ उनले भने।
बसमा करिब ३०÷३५ जना सवार रहेको सवार रहेको प्रहरीले बताएको छ।