सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पुनः न्याय माग्दै काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूले काठमाडौंमा पनि पैदलयात्रा गरेका छन्। बिहान थानकोटको त्रिभुवन पार्कबाट हिँडेका उनीहरू भृकुटीमण्डप पुगेका हुन्।
भद्रकालीमा कोणसभा गर्ने र त्यहीबाट आफ्ना पीडा राज्यलाई सुनाउने उनीहरूको योजना छन्। त्यसअघि उनीहरू सिंहदबारको गेटैमा पुगेर आफ्ना माग सुनाउने योजनामा थिए तर प्रहरीले राष्ट्रिय सभागृहबाट अगाडि बढ्न दिएन।
पूर्वको काकडभिट्टा पश्चिमको महेन्द्रनगरबाट २३ दिन हिँडेर काठमाडौं आइपुगेका हुन्। उनीहरू बुधबार काठमाडौं छिरेका थिए। २३ दिनमा १ हजार १ सय ७५ किलोमिटर यात्रा गरेका उनीहरूले न्याय नपाइ काठमाडौंबाट नफर्किने बताइरहेका छन्।
सरकारले मिटरब्याज पीडितसँग गरेको सम्झौता लागू नगरेको भन्दै उनीहरू फेरि न्याय खोज्दै काठमाडौं आएका हुन्। यसअघि पनि उनीहरूले काठमाडौंमा आन्दोलन गरेका थिए। त्यसपछि सरकारले गत चैतमा यसको जाँचबुझ गर्न आयोग बनायो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले आठ महिना अध्ययन गरेर सुझाव र निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।
प्रतिवेदनअनुसार यस अवधिमा आयोगमा परेका करिब २८ हजार उजुरीमध्ये पाँच हजारमा मिलापत्र भइसकेको छ। बाँकी २३ हजार उजुरीको छिनोफानो गर्ने जिम्मा राज्यको काँधमा छ। तर आयोगले सिफारिस गरे पनि आफूहरूको माग सम्बोधन नभएको भन्दै उनीहरू फेरि काठमाडौं आएका हुन्।
तस्बिरहरूः
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)