पाल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पाल्पाको रैनादेवी छहरा –३ का ५६ वर्षीय विमल प्रसाद पन्त छन्।
जिल्ला प्रहरी कार्यालय पाल्पाका डिएसपी सुगन्ध श्रेष्ठका अनुसार आइतबार बेलुका घरमा बसिरहेको बेला विमलमाथि चट्याङ खसेको थियो।
चट्याङ लागेर घाइते भएका उनलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएकोमा राति नै डाक्टरले मृत घोषणा गरेको डिएसपी श्रेष्ठले जानकारी दिए।