काठमाडौंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा परामर्श मेला गरेका छन्।
परामर्श मनोविज्ञान (पिजीडीसीपी) अध्ययनरत विद्यार्थीहरूले परामर्श मेला गरेका हुन्।
मेलाको उद्घाटन क्याम्पस प्रमुख निलम श्रेष्ठले गरेकी थिइन्।
विद्यार्थीहरूले मेला सफल बनाउन भूमिका खेलेकोमा सहायक क्याम्पस प्रमुख दयानिधि छतकुली, बालकृष्ण पौडेल तथा मनोविज्ञानकी प्राध्यापक डा. भारती अधिकारी, नारायणप्रसाद शर्मा, गणेश अमगाईं, सागर नेपाल, सरिता सापकोटासहित सम्पूर्ण प्राध्यापक, प्राध्यापक संघका पदाधिकारी, महिला संजाल, कर्मचारी, स्ववियुका सभापति गोविन्द कोइरालालगायतलाई धन्यवाद दिएका छन्।
मेलामा आर्ट थेरापी, डी-एडिक्सन, बुथ, इनरजाइज बुथ, वेलनेस प्रोग्राम, साइकोलोजिकल अवेयरनेस (न्युरो साइन्स) जस्ता स्टल रहेको विद्यार्थी कुशल अधिकारीले जानकारी दिए।
यो मेलाले मनोवैज्ञानिक परामर्श सेवाका क्षेत्रमा राम्रो सन्देश दिनुका साथै यसप्रति अभिरूचि जगाउने काम गरेको पनि उनले बताए।