सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडिबुटी-पेप्सीकोला सडकका दुवैतर्फ १५/१५ मिटरभित्रका संरचना हटाउन निर्देशन दिएको छ।
विभाग र महानगरले गोरखापत्रमा सोमबार सूचना प्रकाशन गरेर सडकको दुवैतर्फका १५/१५ मिटरका संरचना हटाउन निर्देशन दिएको हो।
ती संरचनाहरु आफै हटाउन विभाग र महानगरले ३५ दिनको अल्टिमेटम दिएको छ।
उक्त सडकमा २०५८ मंसिर १८ गतेको राजपत्रमा प्रकाशित सूचना अनुसार सडकको दुवैतर्फको १५/१५ मिटर सडकको सीमा कायम गरेका र २०८२ वैशाख १० गते चिनो लगाइएको सूचनामा उल्लेख छ।
'गाडिएको हुँदा सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को अबज्ञा गरी उक्त स्थानमा सडकको सीमा क्षेत्रभित्र नक्सा पास बिना / नक्सा पास विपरीत निर्माण गरिएका अनधिकृत संरचनाहरू सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र सम्बन्धित व्यक्तिबाटै हटाउन / भत्काउन मुनासिब माफिकको म्याद तोकी यो सूचना प्रकाशित गरिएको छ,' सूचनामा उल्लेख छ।
तोकिएको समयमा अनधिकृत संरचना नहटाए कानुनअनुसार कारबाही हुने सूचनामा उल्लेख छ।
