पत्रकार फणि महतको निधन भएको छ।
अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार महतको मंगलबार राति उपचारको क्रममा काठमाठौंको अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो।
पत्रकार महत लामो समयदेखि ब्रेन ट्युमरबाट पीडित थिए।
महत दुई दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा थिए। उनी प्रेस चौतारी नेपालको मधेस प्रदेश संयोजकसमेत भइसकेका थिए।
त्यस्तै उनी चन्द्रनिगापुरबाट सञ्चालित रेडियो सुप्रिम र अनलाइन पत्रिका कलमपाटी डटकमका सञ्चालक समेत थिए।
उनका श्रीमती र दुई सन्तान छन्।
काठमाडौंमा निधन भएका महतको पार्थिव शरीर रौतहटस्थित चन्द्रनिगाहपुर लगिएको छ।
उनको बुधबार अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।