पोखराको शान्ति स्तुपबाट छोरेपाटनतर्फ आउँदै गरेको गाडी दुर्घटनामा परेको छ।
प्रहरीका अनुसार १ ख ३८८६ नम्बरको गाडी बुधबार दुर्घटना भएको हो।
दुर्घटनामा परेको गाडीमा २६ जना यात्रु थिए।
तीमध्ये ४ जना गम्भीर घाइते भएको कास्की प्रहरी सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
यात्रुमध्ये २० जनालाई अस्पताल लगिएको छ।
घटनाका विषयमा विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी बस्नेतले बताए।