काभ्रेमा सोमबार बाढीले बगाएकी महिला तेस्रो दिनसम्म फेला पर्न सकेकी छैनन्।
सोमबार (वैशाख २९) साँझ ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले ३३ वर्षीया रेणुका गिरीलाई बगाएको थियो।
बुधबार दिउँसो ३ बजेसम्म उनी फेला नपरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।
'हराएको ठाउँदेखि आसपास खोज्ने काम भइरहेको छ, अहिलेसम्म फेला परेकी छैनन्,' डिएसपी घलले भने।
काभ्रेमा सोमबार दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म अविरल वर्षा भएको थियो। रेणुका खेतबारीमा काम गर्दै थिइन्। खेतबाट निस्किने क्रममा बगाएको डिएसपी घलले बताए।
उनका अनुसार उनी बेपत्ता भएको एक डेढ घन्टा नबित्दैदेखि सशस्त्र र प्रहरीले खोजेको थियो।
यो पनि:
अझै फेला परिनन् काभ्रेमा बाढीले बगाएकी रेणुका, यसरी हुँदैछ खोजी (तस्बिरहरू)