चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजाको खुर्पा प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालकाअनुसार भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिजा सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेपछि आफ्नै घाँटी रेटेका थिए।
छोरी र भतिजाको उपचारक्रममा मृत्यु भएको डिएसपी खनालले जानकारी दिए। सजन लिलाराजका दाइको छोरा हुन्।
तीनै जनालाई चितवन मेडिकल कलेजमा पुर्याइएकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।
लिलाराजको अवस्था गम्भीर रहेको डिएसपी खनालले जानकारी दिए।
उनी नेपाली सेनाबाट निवृत्त हुन्।
उनले मानसिक समस्याको औषधि सेवन गर्ने गरेको भेटिएको डिएसपी खनालले जानकारी दिए।