काठमाडौंमा जुवा खेलेको आरोपमा १७ जना पक्राउ परेका छन्।
शुक्रबार र शनिबार प्रहरीले दुई ठाउँबाट १७ जनालाई पक्राउ गरेको हो।
शनिबार दिउँसो काठमाडौं महानगरपालिका-२९ अनामनगरबाट १० जनालाई पक्राउ गरेको हो।
४० वर्षीय रामजी बस्नेतसहित १० जनामाथि प्रहरीले अनुसन्धान सुरू गरेको छ। उनीहरूबाट दुई लाख ५७ हजार ४ सय रुपैयाँ बरामद गरेको छ।
त्यस्तै पशुपति क्षेत्रबाट जुवा खेल्ने ७ जना पक्राउ परेका छन्।
शुक्रबार अपराह्न प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-८ जयबागेश्वरीस्थित घरबाट सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरूबाट प्रहरीले एक लाख ७ हजार ९१५ रुपैयाँ बरामद गरेको छ।