भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा भागेका दुई विदेशी कैदी पक्राउ परेका छन्।
बालयौन दुराचार तथा जबरजस्ती करणी मुद्दामा कारागारबाट फरार रहेका दुई जना विदेशी कैदी पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा कास्की कारागारबाट बाल यौनदुराचार मुद्दामा कैद भुक्तान गरिरहेका माइकल नोर्मेन टेलर र जबरजस्ती करणी मुद्दामा सजाय काटिरहेका जोसन लोड मुडी छन्।
उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका-३ बाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोको प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई पक्राउ गरेर सम्बन्धित कारागारमा बुझाउने काम भइरहेको छ।