झापामा हावाहुरीले ढलेको रूखले किचेर एक किशोरीको मृत्यु भएको छ।
गए राति हल्दिबारीमा हुरीले लडाएको रूखले किचेर किशोरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशी छन्।
डिएसपी खड्काका अनुसार आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको थियो।