पर्सामा सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई प्रहरीले २१ वर्षपछि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका-५ पंचरूखी बस्ने ४७ वर्षीय दिनेशप्रसाद यादवलाई पक्राउ गरेको हो।
२०६२ मंसिर १५ गते दिउँसो ३ बजेतिर वीरगञ्ज महानगर-१४ चिनीमिल आवास क्षेत्र अगाडि यादवले चलाएको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
ठक्करबाट जितपुर सिमरा उपहानगरका ६५ वर्षीय कालिका सिंह राजपुत घाइते भएका थिए। उनको उपचारको क्रममा ललितपुरको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा मंसिर २६ गते मृत्यु भएको थियो।
त्यस घटना पछि फरार भएका रहेका यादवलाई पक्राउ गरेको हो।