देशकै पर्यटकीय नगरी पोखराको पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा झन्डै ४ सयभन्दा बढी सुकुम्बासी घर परिवार रहँदै आएको छ।
पाँच दशकदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाका कारण यहाँको बसपार्क प्रभावित बन्दै आएको छ।
२०३२ सालमा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गाको ठूलो हिस्सा अहिले बस्तीले ढाकिएको देख्न सकिन्छ।
बसपार्क निर्माणलाई अघि बढाउन पोखरा महानगरले अतिक्रमित संरचना हटाउन सार्वजनिक सूचना जारी गरेपछि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन्।
‘राष्ट्रिय भूमि अधिकार मञ्च’ मार्फत संघर्ष समिति गठन गरेका सुकुम्बासीहरूले वैकल्पिक व्यवस्था वा उचित मुआब्जाबिना आफूहरू नहट्ने चेतावनी दिएका छन्।
बसपार्क र त्यस वरपर रहेको सुकुम्बासी बस्ती यस्तो छ :
-1778732990.jpg)
-1778732990.jpg)
-1778732990.jpg)
-1778732990.jpg)
-1778732990.jpg)
-1778732989.jpg)
-1778732989.jpg)