काठमाडौंको टुडिखेलमा दुबो रोपिँदैछ।
दुबो रोप्नका लागि अहिले धमाधम सम्याउने काम भइरहेको छ।
काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चबाट दक्षिणतर्फको टुँडिखेल क्षेत्रमा विशेष प्रजातिको दुबो (बरमुढा घाँस) रोप्ने तयारी थालेको छ। हाल उक्त क्षेत्रमा जमिन सम्याउने काम भइरहेको छ।
महानगरको सार्वजनिक निर्माण विभागका अनुसार टुँडिखेलमा धुलो उड्ने, पानी पर्दा हिलो हुने समस्या समाधान गर्दै सर्वसाधारणका लागि सहज, सफा र हरियालीयुक्त खुला स्थान बनाउने उद्देश्यसहित दुबो रोप्ने योजना अघि बढाइएको हो।
खुलामञ्चमा प्रयोग गरिएको जस्तै बरमुढा प्रजातिको घाँस यहाँ रोपिनेछ।
टुँडिखेलमा बिहान मर्निङ वाक, खेलकुद गतिविधि तथा विभिन्न सार्वजनिक कार्यक्रम हुने भएकाले सर्वसाधारणको प्रयोगलाई सहज बनाउन महानगरले यो परियोजना अघि सारेको हो।
तस्बिरहरूः

-1778947244.jpg)
-1778947244.jpg)
-1778947244.jpg)
-1778947244.jpg)
-1778947244.jpg)
-1778947243.jpg)
-1778947243.jpg)
-1778947243.jpg)
-1778947243.jpg)