नेपालमै पहिलो पटक मुटुको भल्ब प्रत्यारोपणसम्बन्धी 'वेट ल्याब' सञ्चालन गरिएको छ।
त्रिभुवन विश्वविध्यालय अन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आयोजित उक्त कार्यक्रमले नेपालमा मुटु शल्यचिकित्सा प्रशिक्षणको नयाँ अध्याय सुरू गरेको चिकित्सकहरुले बताएका छन्।
कार्यक्रमको नेतृत्व केन्द्रको कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी (सिटीभिएस) विभागका विभागीय प्रमुख डा. अनिल भट्टराईले गरेका थिए।
उनका अनुसार, यो वेट ल्याबको मुख्य उद्देश्य नयाँ पुस्ताका मुटु शल्यचिकित्सकहरुलाई मुटुको भल्ब फेर्ने आधुनिक प्रविधिबारे व्यावहारिक प्रशिक्षण दिनु हो।
कार्यक्रममा एमसिएच अध्ययनरत ६ जना चिकित्सक र एक जना रजिस्ट्रारसहित सात जना चिकित्सक सहभागी भएका थिए।
उनीहरूले मानव शरीरमा प्रयोग गरिने वास्तविक मुटुको भल्ब नै प्रयोग गरेर अभ्यास गरेका थिए। यद्यपि ती भल्बहरू म्याद नाघिसकेका अर्थात् बिरामीमा प्रयोग गर्न नमिल्ने भल्बहरू हुन्। यसबाट प्रशिक्षार्थीहरूले वास्तविक शल्यक्रियामा जस्तै वातावरणमा अभ्यास गर्ने अवसर पाए।
सामान्यतया प्रशिक्षार्थी चिकित्सकहरूले अपरेसन थिएटरमा वरिष्ठ चिकित्सकले गरेको शल्यक्रिया हेरेर सिक्ने गर्छन्। यस्तो वेट ल्याबमा भने आफ्नै हातले सम्पूर्ण प्रक्रिया अभ्यास गर्न पाउने भएकाले सिकाइ अझ प्रभावकारी हुने विश्वास गरिएको छ।
डा. भट्टराइले आफूले विदेशमा अध्ययन गर्दा यस्ता तालिम देखेको र गरेको अनुभव सुनाउँदै नेपालमा पनि त्यही अभ्यास सुरू गर्न चाहेको बताए।
यसले युवा चिकित्सकमा मुटु शल्यचिकित्साप्रति आकर्षण बढाउने मात्र होइन, दक्ष जनशक्ति उत्पादनमा समेत ठूलो योगदान पुर्याउने उनको भनाइ छ।
कार्यक्रमको उद्घाटन इन्स्टिच्युट अफ मेडिसिनका डिन डा. मोहनराज शर्माले गरेका थिए।
कार्यक्रममा शिक्षण अस्पताल, मनमोहन सेन्टर, आयु सेन्टर तथा महाराजगन्ज मेडिकल क्याम्पसका पदाधिकारी र विभिन्न अस्पतालका मुटु शल्यचिकित्सकहरूको उपस्थिति थियो।
नेपालका विभिन्न अस्पतालमा मुटु शल्यचिकित्सामा संलग्न चिकित्सकहरूलाई एउटै मञ्चमा ल्याएर गरिएको यो अभ्यासलाई सहभागीहरूले ऐतिहासिक सुरूआतका रूपमा लिएका छन्।
आयोजक विभागले भविष्यमा पनि यस्ता तालिममूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
-1779447323.jpg)
-1779447324.jpg)
-1779447324.jpg)
-1779447324.jpg)
-1779447324.jpg)
-1779447324.jpg)
-1779447324.jpg)
-1779447323.jpg)
-1779447323.jpg)
-1779447323.jpg)
-1779447323.jpg)
-1779447323.jpg)