सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ।
भारतको नयाँ दिल्लीस्थित एक अस्पताला उनको उपचार भइरहेको हो।
न्यायपालिका अधिकृत समाजले उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएकाले उपचार भइरहेको जानकारी दिएको हो।
यद्यपि समाजले उनमा केकस्तो समस्या देखिएको हो भन्नेबारे खुलाएको छैन।
त्यस्तै जटिल उपचार प्रक्रिया रहेकाले न्यायपालिका अधिकृत समाजले सहयोगको समेत माग गरेको छ।
एक महिनादेखि न्यायाधीश श्रेष्ठ उपचारका लागि भारतमा छन्। उनी उपचारको सिलसिलामा नयाँ दिल्ली पुगेका हुन्।