बिहीबार साँझको हावाहुरी र वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा रूख ढलेको छ।
साँझ ८ बजे तिर ढलेको रूख काठमाडौं महानगरपालिका सहयोगमा हटाइने काम भइरहेको छ।
रूख ढल्दा निगमको गेट र पर्खालमा क्षति पुगेको छ भने कुनै पनि मानवीय क्षति नभएको निगमले जानकारी दिएको छ।
गएराति काठमाडौंमा भीषण हावाहुरीसहित वर्षा भएको थियो।
वर्षाका कारण रातको समयमा सडक जलमग्न हुँदा सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो।
तस्बिरहरूः










तस्बिर : नेपाल फोटो लाइब्रेरी