गणतन्त्र दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष समारोह भइरहेको छ।
सरकारले प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस विशेष समारोह गरी मनाउँदै आएको छ।
शुक्रबार बिहानदेखि सुरू भएको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्यालसहित मन्त्री र सरकारका उच्च पदस्थहरूको उपस्थिति छ।
यसपालिको विशेष समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ।
अघिल्ला वर्षहरूमा प्रधानमन्त्रीले समारोहलाई सम्बोधन गर्ने परम्परा थियो।
यसपालि सरकारले पत्र नै पठाएर गणतन्त्रको प्रतिक राष्ट्रपति भएका कारण उनलाई सम्बोधनका लागि अनुरोध गरेको थियो।
टुँडिखेलमा अहिले काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाहरूले सांस्कृतिक झाँकी प्रस्तुत गरिरहेका छन्।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि कवाज र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो।
सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि पनि गराइएको छ।
पहिलो संविधान सभाबाट २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको घोषणा भएको थियो।
त्यसयता प्रत्येक वर्ष सरकारले भव्यकासाथ गणतन्त्र दिवस मनाइँदै आएको छ।
दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ।
तस्बिरहरूः
-ink-1780026205.jpeg)
-ink-1780026204.jpeg)
-ink-1780026204.jpeg)
-ink-1780026204.jpeg)
-ink-1780026204.jpeg)
-ink-1780026206.jpeg)
-ink-1780026206.jpeg)
-ink-1780026206.jpeg)
-ink-1780026207.jpeg)
-ink-1780026206.jpeg)
-ink-1780026206.jpeg)
-ink-1780026205.jpeg)
-ink-1780026205.jpeg)
-ink-1780026205.jpeg)
-ink-1780026205.jpeg)
-ink-1780026205.jpeg)
-ink-1780026206.jpeg)