यल नेवा समाज ललितपुरको आयोजनामा दुई दिने नेवा महोत्सव शुक्रबार मंगलबजारमा सुरू भएको छ।
विश्वभर छरिएर रहेका नेवार समुदायले आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवर्द्धन गर्न विभिन्न समयमा नेवाः महोत्सव आयोजना गर्ने गर्दछन्।
यो महोत्सवमा विशेष गरी पाटनका जातीय खलकहरूको हस्तकला, ताम्रकला, मूर्तिकला, प्रस्थरकलालगायत आ-आफ्नो पहिचान प्रस्तुत गर्ने, मौलिक नेवारी खाना र संस्कृति प्रवर्द्धन गरिने यल नेवा समाजले जनाएको छ।
यल नेवा समाजका अध्यक्ष नानीकाजी शाक्यका अनुसार यो महोत्सव व्यापार मेला नभइकन विशुद्व पाटनका जातीय समाजको परम्परागत सीपको प्रस्तुति रहेको जनाए। पाटनमा २१ जातीय समाज छन्।
महोत्सवमा बागमती प्रदेश सरकारले दिएको आदिवासी जनजाति सम्बन्धी अधिकारबारे गोष्ठी र नेवा लिपिको महत्वबारे पनि जानकारी दिइने आयोजकले जनाएको छ।
महोत्सव ललितपुर महानगरपालिका वडा १६ को प्रायोजनमा भएको हो।
-1780042182.jpg)
-1780042182.jpg)
-1780042182.jpg)
-1780042182.jpg)
-1780042181.jpg)
-1780042181.jpg)
-1780042181.jpg)
-1780042180.jpg)
-1780042180.jpg)
-1780042180.jpg)
-1780042180.jpg)
-1780042179.jpg)
-1780042179.jpg)
तस्बिरहरू- सूर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी