काठमाडौँको कालिमाटीदेखि कुलेश्वरतर्फ विष्णुमतिको दायाँपट्टि करिडोरमा अहिले पक्की बनाइएको छ।
यसअघि सो करिडोर टेकुतर्फ मात्रै पक्की थियो।
अहिले कालीमाटी तर्फबाट पनि कुलेश्वर हुदै बल्खु पुग्ने करिडोर पिच गरिएको हो।
कालिमाटी पुलबाट दायाँतर्फ रहेका अनाधिकृत घरटहरा हटाइएपछि उक्त क्षेत्रमा सडक पिच गरिएको हो।
यो ठाउँ केही समय अघिसम्म घरटहराले ढाकिएको थियो।
सरकारले बर्खामा डुबानको खतरा भएको भनेर बस्ती खाली गरी संरचनामा डोजर चलाएको थियो।
स्थान अहिले खाली देखिएको छ।
यो करिडोरबाट कालिमाटी चोकको ट्राफिक जाम छल्दै सिधै करिडोरमार्फत कुलेश्वर र बल्खु पुग्न सहज हुन्छ।
यस्तै, बागमती नदीको पुल हुँदै ललितपुरतर्फ आवतजावत गर्न पनि सहज हुने स्थानीयले बताएका छन्।
-1780205832.jpg)
-1780205832.jpg)
-1780205831.jpg)
-1780205831.jpg)