काठमाडौं उपत्यकाको दक्षिण–पश्चिम भागमा रहेको कीर्तिपुर नगरपालिका–६ स्थित टौदह उपत्यकाकै महत्वपूर्ण प्राकृतिक तथा धार्मिक स्थलमध्ये एक हो।
उपत्यकाको पर्यटनमा समेत एउटा खम्बा बनेको टौदह छुट्टि मनाउने तथा शान्त वातावरण खोज्नेहरुको गन्तव्य बन्न थालेको छ।
पौराणिक, ऐतिहासिक र वैज्ञानिक दृष्टिले विशेष महत्व बोकेको यस दहसँग अनेक रोचक कथाहरू जोडिएका छन्।
पौराणिक मान्यता अनुसार, कुनै समय सम्पूर्ण काठमाडौं उपत्यका विशाल तालले भरिएको थियो। महामञ्जुश्रीले चोभारको पहाड काटेर पानी बाहिर पठाएपछि उपत्यका बसोबास योग्य बनेको र नागराज कर्कटका लागि बाँकी राखिएको जलाशय नै टौदह भएको विश्वास गरिन्छ।
स्थानीय जनविश्वास अनुसार दहको पिँधमा नागराजको जलमग्न दरबार रहेको मान्यता छ।
टौदहको इतिहास रातो मच्छिन्द्रनाथको भोटो जात्रासँग पनि जोडिएको छ। वैज्ञानिक अध्ययनले समेत काठमाडौँ उपत्यका प्राचीनकालमा विशाल ताल रहेको र टौदह त्यसको अवशेषमध्ये एक भएको देखाएको छ।
धार्मिक महत्वसँगै टौदह जैविक विविधताका लागि पनि प्रसिद्ध छ।
यहाँ विभिन्न प्रजातिका माछा र हिउँदमा साइबेरियालगायत क्षेत्रबाट आउने घुमन्ते चराहरू देख्न सकिन्छ।
टौदहको केहि तस्बिरहरू–
-1780717847.jpg)
-1780717848.jpg)
-1780717848.jpg)
-1780717848.jpg)
-1780717847.jpg)
-1780717847.jpg)
-1780717847.jpg)
-1780717847.jpg)