स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को अध्यक्षमा मोहनकुमार डाँगी चयन भएका छन्।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्थाबमोजिम डाँगी अध्यक्ष बनेका हुन्।
इप्पानको २४औँ वार्षिक साधारणसभाअन्तर्गत सम्पन्न कार्यसमिति निर्वाचनको नतिजा सार्वजनिक गर्दै निर्वाचन समितिले नयाँ नेतृत्वको घोषणा गरेको हो।
वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्।
उपाध्यक्षमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।
कोषाध्यक्ष पदमा भएको प्रतिस्पर्धामा शंकर बस्याल २६७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरेका थिए।
खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।