काठमाडौंको सडक किनारका भित्ताहरू अब यहाँको इतिहास, संस्कृति र सम्पदाको जीवन्त क्यानभास बन्दै गएका छन्।
काठमाडौंको बालकुमारी कोटेश्वर सडक खण्डमा रहेको सडकका भित्ताहरुमा अहिले विभिन्न सम्पदाहरुको चित्र कोरिएका छन् भने चित्रसँगै विभिन्न किसिमका फूलका गमलाहरु सजाइएका छन्। .
बागमती प्रदेश सरकारको चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत पल्पसा आर्ट ग्यालरीको समन्वयमा चित्रकार चन्दन भुजेल नेतृत्वको चार–पाँच सदस्यीय कलाकार टोलीले एक्रिलिक रङ प्रयोग गरेर आकर्षक भित्तेचित्र (म्युरल आर्ट) निर्माण गरिरहेको छ।
हालसम्म स्वयम्भू, पशुपतिनाथ, ढुंगेधारा, बौद्ध स्तूप, भैरव, मयूर आँखा तथा ब्ल्याक एन्ड ह्वाइट शैलीका गरी सातवटा मुख्य कलाकृति भित्तामा उतारिसकिएको छ।
यी चित्रहरूले काठमाडौँको सांस्कृतिक पहिचान, धार्मिक सम्पदा र कलात्मक सौन्दर्यलाई सार्वजनिक स्थानमै प्रस्तुत गरिरहेका छन्।
कलाकार टोलीका अनुसार आगामी दिनमा बजेट र स्थानको उपलब्धता हेरेर थप सातवटा भित्तेचित्र निर्माण गर्ने योजना छ। बाँकी काम भने आगामी आर्थिक वर्षको बजेटमार्फत निरन्तर अघि बढाइने बताइएको छ।
यस अभियानले सडकका साधारण भित्ताहरूलाई कलामार्फत काठमाडौंको इतिहास, संस्कृति र पहिचान झल्काउने खुला कला प्रदर्शनीमा रूपान्तरण गरिरहेको छ।
-1782877931.jpg)
-1782877931.jpg)
-1782877932.jpg)
-1782877932.jpg)
-1782877931.jpg)
-1782877931.jpg)
-1782877930.jpg)
-1782877930.jpg)
-1782877929.jpg)
-1782877929.jpg)
-1782877929.jpg)
-1782877929.jpg)