नागढुंगा–सिस्नेखोला सुरूङमार्ग आयोजनाअन्तर्गत पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोड्ने बलम्बु फ्लाइओभर अब सञ्चालनको अन्तिम चरणमा पुगेको छ।
सुरूङमार्ग साउन महिनाभित्र सञ्चालनमा ल्याउने तयारीसँगै यो फ्लाइओभर पनि सञ्चालनमा आउन लागेको हो।
फ्लाइओभरको मुख्य संरचना १२८ मिटर लामो छ।
मूल सडकतर्फ जोड्ने २८० मिटर लामो र्याम्प तथा पहुँचमार्गतर्फ २१० मिटर लामो र्याम्प निर्माण गरिएको छ। बीचमा १२८ मिटर लामो फ्लाइओभर पुलसहितको संरचना तयार गरिएको छ।
काठमाडौंको पश्चिमी प्रवेशद्वारमा रहेको यो फ्लाइओभर सञ्चालन भएपछि थानकोट–बलम्बु क्षेत्रमा हुने सवारी चाप व्यवस्थापनमा सहजता आउने छ। यसले ट्राफिक जाम पनि कम हुने र यात्रुहरूको आवागमनमा थप सहज हुने अपेक्षा गरिएको छ।
सञ्चालनको अन्तिम तयारीमा रहेको बलम्बु फ्लाइओभरका केही दृश्यहरू—
-1783219163.jpg)
-1783219162.jpg)
-1783219161.jpg)
-1783219159.jpg)
-1783219158.jpg)
-1783219157.jpg)
-1783219156.jpg)
-1783219156.jpg)
-1783219156.jpg)