काठमाडौंका सडकमा आजभोलि ट्राफिक प्रहरीको सक्रियता अलि बढेको देखिन्छ।
चोक-चोक नियमित बस्ने र सवारी आवागमनलाई सहज बनाउन खटिने मात्रै होइन सडक अनुशासन उल्लंघन गरेर सवारी साधन हाँक्ने चालकहरूमाथिको कारबाही पनि तीव्र बनेको छ।
अहिले मुख्य सडकसँगै भित्री सडकहरूमा पनि ट्राफिक प्रहरीको सक्रियता बढेको छ।
लेन मिच्ने, ट्राफिक बत्तीको पालना नगर्ने, जथाभावी सवारी साधन चलाउने, पार्किङ गर्ने लगायतका गतिविधि गरी ट्राफिक नियम उल्लंघन भएका घटनामा तत्काल कारबाही गर्दै आएको छ।
ट्राफिक प्रहरीले प्रत्यक्ष मात्रै होइन सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओहरूलाई आधारमा पनि कारबाही गर्दै आएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले काठमाडौंमा दैनिक १६ सय हाराहारीमा ट्राफिक प्रहरी परिचालन हुँदै आएको बताए।
पहिलेको तुलनामा चेकप्वाइन्टहरू बढाइएको तर दैनिक परिचालन हुने ट्राफिक प्रहरीको संख्या उही नै रहेको उनको भनाइ छ।
अहिले ट्राफिक प्रहरीले आफ्नो शैलीलाई व्यवस्थित बनाएको उनले बताए। उनका अनुसार ट्राफिक प्रहरीले विगतका दुर्घटनाहरुको विश्लेषण गरी डेटा संकलन गरेको छ।
'त्यसमा कुन समय, कुन ठाउँमा, कुन उमेर समूहका चालकहरूले कस्तो तरिकाले सवारी साधन चलाउँछन् र कहाँ बढी दुर्घटना हुने सम्भावना रहन्छ भन्ने विश्लेषण गरी सोही अनुसार ट्राफिक प्रहरी खटाउँछौं,' उनले भने।
यसरी दैनिक सरदर २५ सय सवारी साधन कारबाहीमा पर्ने एसपी सुवेदीले बताए।
हेर्नुस् तस्बिरहरूः
-1783231557.jpg)
-1783231557.jpg)
-1783231557.jpg)
-1783231557.jpg)
-1783231557.jpg)
-1783231557.jpg)
-1783231556.jpg)
-1783231556.jpg)
-1783231556.jpg)
-1783231556.jpg)