काठमाडौंको न्युरोड क्षेत्र परम्परागत शैलीका बत्तीले झिलिमिली बनेको छ।
काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्रको मौलिक पहिचान जोगाउँदै सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यले यी बत्ती जडान गरिएको हो।
परम्परागत बत्तीले साँझपख न्युरोडको सौन्दर्य थप आकर्षक बनेको छ। बत्तीको उज्यालोले सडकको पुरानो सांस्कृतिक पहिचान झल्काउनुका साथै स्थानीय र पर्यटकलाई पनि आकर्षित गरेको छ।
व्यवसायीहरूका अनुसार नयाँ बत्ती जडानपछि न्युरोडको वातावरण थप मनमोहक बनेको छ भने साँझको समयमा चहलपहल पनि बढेको छ।
यहाँका घरहरूमा पुरानो शैलीको रङ लगाएपश्चात सडकमा पनि पुरानै शैलीको बत्तीहरू जडान गरिएको हो।
तस्बिरहरू:
-1783344453.jpg)
-1783344453.jpg)
-1783344453.jpg)
-1783344453.jpg)
-1783344452.jpg)
-1783344452.jpg)
-1783344452.jpg)
-1783344453.jpg)
-1783344452.jpg)
-1783344452.jpg)
-1783344452.jpg)
-1783344451.jpg)
-1783344451.jpg)