संयुक्त विद्यार्थी संगठनले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरेको घटनामा सरकारको विरोध गर्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन्।
माइतीघरबाट अघि बढ्ने प्रयास गरेपछि प्रदर्शनकारी र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको थियो।
स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेको थियो। धकेलाधकेल भए पनि घटनास्थलको अवस्था केहीबेरपछि सामान्य बनेको थियो।
गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
महानगर प्रहरीले उनको मोटरसाइकलमा ह्वील लक लगाएको विषयमा विवाद भएको भिडिओ पनि सार्वजनिक भएको छ।
विवाद भएपछि गणेश मोटरसाइकलमै सवार रहेको अवस्थामा ह्विल लक लगाइएको भिडिओमा देखिएको छ।
महानगरले गाडीमा हालेर मोटरसाइकल लैजान खोजेपछि गणेशले आफैमाथि पेट्रोल छर्केर आगो लगाएका थिए।
उनलाई गम्भीर घाइते अवस्थामा वीर अस्पताल पुर्याइएको थियो।
सरकारले थप उपचारका लागि भारत लैजाने तयारी गरे पनि शुक्रबार बिहान उनको निधन भएको हो।
-1783679722.jpg)
-1783679722.jpg)
-1783679719.jpg)
-1783679720.jpg)
-1783679720.jpg)
-1783679721.jpg)
-1783679718.jpg)
-1783679717.jpg)
-1783679718.jpg)
-1783679716.jpg)
-1783679716.jpg)
-1783679717.jpg)