संघीय राजधानी काठमाडौँको अत्यन्त व्यस्त माइतीघर मण्डलामा रहेको चारमुखे घडी अहिले पुन निर्माण नहुदा अलपत्र अवस्थामा छ।
कुनै समय समयसूचक र माइतीघरको आकर्षणका रूपमा रहेको उक्त घडी अहिले नमुना मात्र बाँकी रहेको अवस्थामा छ।
सहरी सौन्दर्यीकरणअन्तर्गत काठमाडौं महानगरपालिका, होटल एसोसिएसन नेपाल र कृषि विकास बैंकको संयुक्त लगानीमा निर्माण गरिएको यो घडी लामो समयदेखि मर्मतविहीन छ।
माइतीघर मण्डला पछिल्ला वर्षहरूमा विभिन्न आन्दोलन, धर्ना र विरोध प्रदर्शनको प्रमुख केन्द्र बन्दै आएको छ।
आन्दोलनै क्रममा भएको तोडफोडका कारण घडीका सिसा, भित्री संरचना तथा अन्य भागहरू क्षतिग्रस्त भएका हुन्। हाल घडी पूर्ण रूपमा बिग्रिएको अवस्थामा छ।
दैनिक हजारौं सवारीसाधन र पैदलयात्री आवतजावत गर्ने मुख्य सडकको छेउमै रहेको यो संरचनाको मर्मत वा पुनर्निर्माणमा सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन।
अहिले त्यहाँ घडीको भग्नावशेष र बाहिरी संरचना मात्र बाँकी छ, जसले कुनै समय यहाँ चारमुखे घडी थियो भन्ने संकेत मात्र गर्छ।
राजधानीको प्रमुख सार्वजनिक स्थलमै रहेको यस्तो क्षतिग्रस्त संरचनाले सहरी व्यवस्थापन र सार्वजनिक सम्पत्तिको संरक्षणप्रतिको बेवास्तालाई उजागर गरेको छ।
तस्बिरहरूः
-1784174581.jpg)
-1784174582.jpg)
-1784174581.jpg)
-1784174581.jpg)
-1784174581.jpg)
-1784174581.jpg)
-1784174581.jpg)