ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना २७ दिन पछि खुलेको छ।
बर्ड फ्लू संक्रमण फैलिएपछि असार ५ देखि बन्द रहेको चिडियाखाना शुक्रबारदेखि खुलेको हो।
चिडियाखानाका कार्यक्रम अधिकृत तथा सूचना अधिकारी गणेश कोइरालाले निःसंक्रमण, नमुना परीक्षण र निगरानीपछि चिडियाखानाको वातावरणीय नमुनासमेत नेगेटिभ आएपछि पशु सेवा विभाग, केन्द्रीय प्रयोगशाला तथा सम्बन्धित निकायको सिफारिसमा चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको हो।
यद्यपि बायो–सुरक्षा (बायोसेक्युरिटी) का उपाय भने अझै निरन्तर अपनाइने जनाइएको छ।
चिडियाखाना प्रशासनले आगन्तुकलाई बाहिरबाट खानेकुरा नल्याउन, जनावरलाई नखुवाउन तथा संवेदनशील खोर आसपास अनावश्यक भिड नगर्न आग्रह गरेको छ।
चिडियाखाना २७ दिनपछि खुले पनि मानिसहरूको चहल पहल भने कम देखिएको छ।
हेर्नुस् तस्बिरहरूः
-ink-1784280211.jpeg)
-ink-1784280210.jpeg)
-ink-1784280211.jpeg)
-ink-1784280211.jpeg)
-ink-1784280211.jpeg)
-ink-1784280211.jpeg)
-ink-1784280210.jpeg)
-ink-1784280210.jpeg)
-ink-1784280210.jpeg)
-ink-1784280210.jpeg)
-ink-1784280210.jpeg)
-ink-1784280209.jpeg)
-ink-1784280209.jpeg)
-ink-1784280209.jpeg)
-ink-1784280209.jpeg)
-ink-1784280209.jpeg)
-ink-1784280209.jpeg)