दाङको तुलसीपुरमा निर्माणधीन घरमा दुई जना मृत भेटिएका छन्।
बुधबार बिहान तुलुसीपुर उपमहानगरपालिका-६ रजौरामा बनिरहेको घरको ट्यांकीमा दुई जना मृत भेटिएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीले सूचना प्राप्त भएपछि प्रहरी घटनास्थलमा परिचालतर्फ परिचालन गरिएको जानकारी दिए।
मृतक को हुन् र घटना के थियो भन्न विषय प्रहरी पुगर प्रारम्भिक अनुसन्धान पछि मात्रै थाहा हुने डिएसपी पराजुलीले जानकारी दिए।
घटनास्थलमा विपद् व्यवस्थापनको टोली पनि बोलाइएको छ।