प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका रास्वपा सहमहामन्त्री हरि ढकालको घाँटीको शल्यक्रिया गरिएको छ।
घाँटीमा समस्या देखिएपछि उनको शल्यक्रिया गरिएको हो।
भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा दुई दिनअघि उनको घाँटीको शल्यक्रिया भएको सचिवालयले जानकारी दिएको छ।
‘घाँटीमा केही समयदेखि समस्या देखिएको थियो। दुई दिनअघि उहाँले घाँटीको अप्रेसन गराउनुभएको छ। अहिले अवस्था स्थिर छ,’ सचिवालयले भन्यो, ‘अब १५/१६ दिन धेरै नबोल्न र आराम गर्न डक्टरले सल्लाह दिनुभएको छ।’
रास्वपाको महाधिवेशनकै बेलादेखि उनको घाँटीमा समस्या देखिएको थियो।