ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबारदेखि दुईदिने सांस्कृतिक उत्सव ‘श्रावण मेला २०८३’ सुरू भएको छ।
क्लासिक्स प्रोजेक्ट्सको आयोजनामा भइरहेको मेलामा श्रावण महिनाको सांस्कृतिक महत्व झल्काउने विभिन्न कार्यक्रम समावेश गरिएको छ।
मेलामा मेहेन्दी, परम्परागत पोशाक, विविध परिकार, प्रत्यक्ष सांगीतिक प्रस्तुति राखिएको छ।
साउन महिना भएका कारण मेहन्दीप्रति युवतीहरुको विशेष आकर्षण देखिएको थियो।
उनीहरू आफ्नो हत्केलामा थरि-थरि डिजाइनका मेहन्दी भरिरहेका थिए।
आयोजकका अनुसार मेला सबै उमेर समूहका परिवार, जोडी तथा सर्वसाधारणका लागि खुला छ।
२०८१ सालमा आयोजित मेलामा ३ हजारभन्दा बढी सहभागी भएकोमा यस वर्ष १० हजारभन्दा बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको छ।
श्रावण मेला आइतबारसम्म सञ्चालन हुनेछ।
तस्बिरहरूः
-ink-1784984671.jpeg)
-ink-1784984671.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984672.jpeg)
-ink-1784984673.jpeg)
-ink-1784984673.jpeg)
-ink-1784984673.jpeg)
-ink-1784984673.jpeg)
-ink-1784984673.jpeg)