काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–६ दलिन्चोकमा भारत सरकारको अनुदान सहयोगमा निर्माणाधीन 'राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान' (नेपाल पुलिस एकेडेमी) को अन्तिम चरणमा पुगेको छ।
कुल १० अर्ब रूपैयाँ वैदेशिक सहयोगमा बनिरहेको यो अत्याधुनिक आयोजनाको हालसम्म करिब ९० प्रतिशत काम सकिइसकेको छ।
२०७९ असोजमा शिलान्यास भएको यो परियोजना द्रुत गतिमा अघि बढेको छ।
पुलिस एकेडेमी करिब ८३३ रोपनी (४२.४ हेक्टर) क्षेत्रफलमा फैलिएको छ।
परिसरभित्र ४८ वटा मुख्य भवन बनेका छन्। यसको ढाँचा तथा सिभिल निर्माणको काम सम्पन्न भइसकेको छ भने हाल भवनहरूको फिनिसिङ, विद्युतीय तथा आन्तरिक व्यवस्थापनका कामहरू भइरहेका छन्।
काठमाडौंको महाराजगञ्जस्थित हालको प्रतिष्ठानमा ठाउँको अभाव भएपछि पनौतीमा अन्तर्राष्ट्रिय स्तरको एकेडेमी बनाउन लागिएको हो।
तोकिएकै समयभित्र निर्माण सम्पन्न गरी नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने लक्ष्यका साथ दैनिक एक हजारभन्दा बढी जनशक्ति परिचालन गरी काम भइरहेको निर्माण पक्षले जनाएको छ।
तस्बिरहरू:
-1785050203.jpg)
-1785050204.jpg)
-1785050204.jpg)
-1785050204.jpg)
-1785050204.jpg)
-1785050203.jpg)
-1785050203.jpg)