तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय कार्यसमितिले गुरुङ समुदायबाट प्रतिनिधिसभा, राष्ट्रियसभा तथा विभिन्न सार्वजनिक निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालिरहेका व्यक्तित्वलाई सम्मान गरेको छ।
परिषद्को काठमाडौंस्थित सभाहलमा आइतबार आयोजित कार्यक्रममा राजनीति, सार्वजनिक सेवा, शिक्षा, उद्यमशीलता लगायत विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका गुरुङ समुदायका व्यक्तित्वलाई परम्परागत शैलीमा सम्मान तथा शुभकामना प्रदान गरिएको हो।
परिषद्का अनुसार समुदायका सदस्यहरूले आ–आफ्नो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्ने वक्ताहरूले यस्ता सम्मानले समुदायका सफल व्यक्तित्वको योगदानलाई उच्च मूल्यांकन गर्नुका साथै नयाँ पुस्तालाई नेतृत्व, सेवा र जिम्मेवारीतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे।
सम्मानित हुनेहरूमा गृहमन्त्री सुदन गुरुङ, प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङ, गीता गुरुङ, एलिजा गुरुङ र बिना गुरुङ रहेका छन्।
त्यसैगरी नेपाल घरेलु तथा साना उद्योग महासंघकी अध्यक्ष शोभा गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ उपाध्यक्ष दिलबहादुर गुरुङ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नारायणसिंह गुरुङ, गण्डकी प्रदेश प्रतिष्ठानका उपकुलपति शंकर विरही गुरुङ तथा नेपाल प्रज्ञा–प्रतिष्ठान प्राज्ञ सभा सदस्य बालकाशी गुरुङ र कृष्णकुमार गुरुङलाई पनि सम्मान गरिएको परिषद्ले जनाएको छ।
-1785120647.jpg)
-1785120647.jpg)
-1785120647.jpg)
-1785120648.jpg)
-1785120648.jpg)
-1785120647.jpg)
-1785120647.jpg)
-1785120647.jpg)