पूर्व पश्चिम राजमार्ग क्षेत्रमा प्रदर्शन नरोकिएपछि सुनसरीको राजमार्ग आसपासमा बिहान हटाइएको कर्फ्यू फेरि लगाइएको छ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वर प्रसाद अर्यालले सुनसरी सदरमुकाम इनरूवा सहित राजमार्ग क्षेत्र (पकलीदेखि कोशी ब्यारेजसाम्मको क्षेत्र) मा फेरि कर्फ्यू आदेश जारी गरेका हुन।
सोमबार राति लगाइएको कर्फ्यू मंगलबार बिहान हटाइएको थियो। तर, राजमार्गमा हिसात्मक प्रदर्शन चर्किएपछि पुनः कर्फ्यू आदेश जारी भएको हो।
देवानगन्ज र आसपासका क्षेत्रमा भने सोमबार बिहानैदेखिको कर्फ्यू जारी छ।