व्यवसायी शेखर गोल्छा धरौटीमा छुटेका छन्।
मंगलबार जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको प्रवक्ता शिव खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार गोल्छालाई बीमा सम्बन्धी कसुरमा ७५ लाख र धितोपत्र सम्बन्धी कसुरमा २५ लाख रुपैयाँ धरौटी निर्धारण गरिएको हो।
एक करोडको बैंक ग्यारेन्टी राखेर उनी छुटेका हुन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई गत १० वैशाखमा नियन्त्रणमा लिएको थियो।
गोल्छालाई 'धितोपत्र सम्बन्धी ऐन, २०६३' अन्तर्गतको कसूरमा पक्राउ गरिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान सिलसिलामा हिरासतमा रहेका विवादित व्यवसायी दीपक भट्टको व्यावसायिक कारोबारमा 'कनेक्सन' देखिएपछि छानबिनका लागि गोल्छालाई पक्राउ गरिएको थियो।