काठमाडौँको माइतीघर क्षेत्रमा वर्षायाममा बारम्बार हुने पानी जम्ने समस्याको समाधानका लागि काठमाडौं महानगरपालिकाले ढल सफाइ अभियान सुरू गरेको छ।
पानीको निकास अवरूद्ध हुने मुख्य कारणमध्ये ढलमा थुप्रिएको फोहोर र अवरोध हटाउन महानगरले सम्बन्धित निकायसँगको समन्वयमा ढल तथा म्यानहोल सफा गर्ने काम अघि बढाएको हो।
हाल माइतीघर क्षेत्रमा पानीको सहज निकास सुनिश्चित गर्न ढलभित्र जमेको फोहोर निकाल्ने, अवरूद्ध म्यानहोल खुलाउने तथा निकास मार्गलाई व्यवस्थित बनाउने काम भइरहेको महानगरले जनाएको छ।
हालै सार्वजनिक प्राविधिक अध्ययनले माइतीघरमा पानी जम्ने समस्याको प्रमुख कारण ढल प्रणालीको प्राविधिक कमजोरी, प्राकृतिक जलप्रवाह क्षेत्रमा भएको अतिक्रमण तथा ढलमा जम्मा हुने फोहोर रहेको औँल्याएको थियो।
सोही निष्कर्षका आधारमा महानगरले तत्कालीन समाधानका रूपमा ढल सफाइलाई प्राथमिकता दिएको हो।
तस्बिरहरू:
-1785309391.jpg)
-1785309391.jpg)
-1785309390.jpg)
-1785309390.jpg)
-1785309389.jpg)
-1785309389.jpg)
-1785309390.jpg)
-1785309390.jpg)
-1785309389.jpg)
-1785309389.jpg)