कैलालीमा एक महिलाको मृत्यु प्रकरणमा उनका श्रीमानसहित परिवारका पाँच जना पक्राउ परेका छन्।
साउन ११ गते बेलुकी ४ बजेतिर धनगडी उपमहानगरपालिका – ४ की २३ वर्षीया पूजा धानुक घर भित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
त्यसपछि पूजाका बुवा प्रेमसिंह धानुकले साउन १३ गते प्रहरीमा ज्वाइँ भरत धामीसहित परिवारका पाँच जना विरूद्ध कर्तव्य ज्यान शीर्षकमा उजुरी दिएका थिए।
उजुरीपछि प्रहरीले भरतसहित परिवारका पाँच जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्लाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक कैलाससिंह बिष्टले जानकारी दिएका छन्।
मृतकका आफन्तले प्रदर्शन पनि गरेका थिए।