कञ्चनपुर प्रहरीले कर्तव्य ज्यान मुद्दामा साढे २० वर्ष कैद तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
जिल्लाको लालझाडी गाउँपालिका – ४ का ३५ वर्षीय डाँडाजादेका टुकु भनिने राजेश राना शुक्रबार पक्राउ परेका हुन्।
उनी भिमदत्त नगरपालिका – ११ गड्डाचौकी बाट पक्राउ परेको जिल्ला प्रवक्ता डिएसपी टेकबहादुर रावतले बताए।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले २०८२/०८/२८ गते रानालाई दोषी ठहर गर्दै २० वर्ष ६ महिना कैद सजाएको फैसला सुनाएको थियो। त्यसयता उनी फरारको सूचीमा थिए।
डिएसपी रावतका अनुसार २०६६ सालको एउटा हत्या घटनामा अदालतले गत वर्ष रानालाई दोषी ठहर गर्दै त्यस्तो सजाएको फैसला सुनाएको थियो।