नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई जना घाइते भएका छन्।
सिद्धार्थ सिटी अस्पताल, भैरहवामा उपचारको क्रममा मोटरसाइकल चालक भारतको कुशीनगर जिल्ला, रामकोला गाउँ घर भएका २५ वर्षीय विजय चौहानको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारत घर भएका २३ वर्षीय सतिस कुमार चमार र रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ वस्ने ३६ वर्षीय कमल रानाको उपचार भइरहेको छ।
भारतीय नम्बर प्लेटको युपी ५७ बिपी ४१६२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिएको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।