थाइल्यान्डबाट ल्याएको ११ किलो गाँजासहित ३ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले ११ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
भारतको लुदियाना पन्जाबका ३० वर्षीय सोनी, २३ वर्षीय जागरूप सिंह र हरियाणाका २२ वर्षीय साहिल पक्राउ परेका छन्।
शनिबार राति क्याथे प्यासिफिक एयरलाइन्सको उडान नम्बर सिएक्स ६०३ मार्फत दुई जना भारतीय नागरिक काठमाडौं आइपुगेका थिए। उनीहरू हङकङ हुँदै नेपाल आइपुगेका थिए।
उनीहरूले बोकेको झोलाभित्र गाँजा फेला परेपछि प्रहरीले भारतबाट लिन आएका अर्का एक जनालाई पनि पक्राउ गरेको हो।