सामाजिक सद्भाव भड्काउने सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक जना युट्युबरलाई पक्राउ गरेको छ।
शनिबार बुटवलबाट जनक भुसाललाई पक्राउ गरेको साइबर ब्युरोका एसपी दिलिप गिरीले जानकारी दिए।
उनले युट्युब च्यानल नेपाली खबर टिभीमार्फत भ्रामक सूचना प्रवाह गरेको आरोप छ।
अफवाह फैलाएर जातीय तथा धार्मिक हिंसा फैलाउने गरी सामग्री प्रसारण गरेको आरोप छ।
ब्युरोको टोलीले खोजी गर्नेक्रममा संचालक जनक भुसाल रहेको खुलेपछि इलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा पक्राउ गरेको हो।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ को कसुरमा काठमाडौं जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न अनुमति प्राप्त गरेको छ।