मुहान क्षेत्रमा भइरहेको अत्याधिक वर्षाका कारण नारायणी नदीको जल सतहले सतर्कताको तह पार गरिसकेको छ।
चितवन र आसपासका क्षेत्रमा पानी परेको छैन। तर, नारायणी नदीको मुहान क्षेत्र (माथिल्लो तटीय क्षेत्र) मा लगातार भइरहेका वर्षाका कारण नदीको बहाव एक्कासि बढेको छ।
जिल्ला प्रशासन कार्यालय चितवन र सुरक्षा निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढी पूर्वानुमान महाशाखाले पनि नारायणीमा बाढीको सम्भावना रहेको अनुमान गरेको छ। साउन २३ गतेसम्म सतह बढ्ने अनुमान छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनका सुरक्षाकर्मी बिहानैदेखि तटीय क्षेत्रमा परिचालित छन्। प्रहरीले सर्वसाधारणलाई नदी किनारमा नजान र सुरक्षित स्थानमा सर्न माइकिङमार्फत आग्रह गरिरहेको छ।
नदी किनारमा व्यवसाय सञ्चालन गरिरहेका ठेला र अन्य व्यापारीलाई पनि सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
नदीको सतह झनै बढ्ने अनुमान रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्क रहन अनुरोध गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षा सतर्कताका सबै उपाय अपनाउन र प्रहरीको निर्देशन पालना गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।
तस्बिरहरूः
-ink-1786006568.jpeg)
-ink-1786006567.jpeg)
-ink-1786006567.jpeg)
-ink-1786006567.jpeg)
-ink-1786006567.jpeg)
-ink-1786006566.jpeg)
-ink-1786006567.jpeg)
-ink-1786006566.jpeg)
-ink-1786006566.jpeg)
-ink-1786006566.jpeg)
-ink-1786006566.jpeg)
-ink-1786006566.jpeg)
-ink-1786006565.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।