नारायणी नदीको सतह बढ्दा नदीको बीचमा फसेका एक जनाको उद्धार गरिएको छ।
सशस्त्र प्रहरीको टोलीले भरतपुर महानगरपालिका–६ गीतानगरका वेदबहादुर थापालाई उद्धार गरेको हो।
मर्निङवाकमा निस्किएर चौतारामा आराम गर्न पुगेका थापा एक्कासि पानीको सतह बढ्दा त्यहीँ फसेका थिए।
उनलाई सशस्त्र प्रहरी टोलीले उद्धार गरी किनारमा ल्याएको हो।
नारायणीको बहाब बढ्न थालेपछि बिहीबार दिउँसोदेखि नै किनारमा प्रहरीले माइकिङ गरिरहेको छ।
चितवन क्षेत्रमै ठूलो पानी नपरेको भए पनि नारायणीको माथिल्लो तटीय भूभागमा वर्षा हुँदा नदीको बहाब बढिरहेको छ।
तस्बिरहरूः
-ink-1786008724.jpeg)
-ink-1786008724.jpeg)
-ink-1786008724.jpeg)
-ink-1786008724.jpeg)
-ink-1786008723.jpeg)
-ink-1786008723.jpeg)
-ink-1786008723.jpeg)
-ink-1786008723.jpeg)
-ink-1786008722.jpeg)
तस्बिरः नेपाल फोटो लाइब्रेरी।