जेनजी आन्दोलनको असहज परिस्थितिको फाइदा उठाउँदै जेलबाट भागेका एक जना कैदीबन्दीलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ।
भिमदत्त नगरपालिका–१५ का ३३ वर्षीय भुवन साहु शुक्रबार भीमदत्त – ११ गड्डाचौकी नेपाल भारत सीमा नाका क्षेत्रबाट पक्राउ परेका हुन्।
जिल्ला प्रवक्ता डिएसपी टेकबहादुर रावतका अनुसार लागुऔषध मुुद्दामा १० वर्ष ३ महिना कैद सजायको फैसला भई सजाय भुक्तानै क्रममा उनी भदौ २४ गते जिल्ला कारागारबाट भागेका थिए।
जिल्ला अदालतले साहुलाई आगुऔषध मुद्दामा दोषी ठहर गर्दै २०८१ पुस १९ गते उक्त फैसला सुनाएको थियो।
पक्राउपछि बाँकी सजाय भुक्तानका लागि साहुलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।