हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
आइतबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक दुई स्थानमा पानी परिरहेको छ।
दैलेखको लोहारे खोलामा पछिल्लो एक घन्टामा १३ मिलिमिटर वर्षा भएको छ। अन्यत्र छिटपुटदेखि हल्का वर्षा भएको छ।
आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
देशका पहाडी भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका केही र मधेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा दिउँसो भारी वर्षाको सम्भावना छ।
राति देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा वर्षा/हिमपातको सम्भावना छ।
कोशी, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
मधेश प्रदेश साथै कर्णाली प्रदेशको पहाडी भू-भाग तथा बागमती प्रदेशको पहाडी र तराई भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।
राति कोशी, गण्डकी र सूदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग साथै बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।