भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू)मा यतिबेला कमल फूल फुलेको छ।
विगतमा अतिक्रमण र फोहोरका कारण अस्तित्व संकटमा परेको ३ सय वर्ष पुरानो मानिने यो पोखरीलाई स्थानीय सरकार र समुदायको अग्रसरतामा संरक्षण गरिएको छ।
पोखरीको संरक्षण गरिएपछि यस वर्ष रैथाने रैपरका रूपमा चिनिने कमलका फूल ढकमक्क फुलेका छन्।
यहाँ फुलेको कमलको फूल बोडे लायकू दरबारमा दशैँमा तलेजुलाई चढाउने, कमलको पातमा तलेजुको पुजारीले भोज खानुपर्ने, साउनमा हुने नीलबाराही नाचमा यहीँको फूल चढाएर जात्रा चलाउने परम्परा छ।
करिब ४ दशकअघि यो पोखरीको जग्गा व्यक्तिको नाममा दर्ता गरिएको पाइएको थियो ।
अदालतले ४ वर्षअघि यो सार्वजनिक सम्पत्ति भएको फैसला गरेपछि सरकारको स्वामित्वमा आएको थियो।
तस्बिरहरूः
-ink-1786330222.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330221.jpeg)
-ink-1786330220.jpeg)
-ink-1786330220.jpeg)
-ink-1786330220.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।