कञ्चनपुर प्रहरीले पेस्तोल सहित चार युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकाया, बेल्डाँडी गाउँपालिका–३ का १८ वर्षीय बिपिन सिंह, सोही ठाउँका २० वर्षीय नितेश सिंह र कृष्णपुर नगरपालिका–६ का राजेन्द्र सिंह गोयला पक्राउ परेका हुन्।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई सोमबार दिउँसो ४ बजेतिर भीमदत्त नगरपालिका–१८ सालघारीबाट नियन्त्रणमा लिएको थियो।
उनीहरूमाथि आशंका लागि चेकजाँच गर्ने क्रममा मोबाइलमा पेस्तोलको फोटो तथा भिडिओ देखेपछि थप अनुसन्धान गर्दै जाँदा बिपिन सिंह बस्दै आएको भाडाको कोठाबाट एउटा पेस्तोल फेला परेको थियो।
जिल्ला प्रवक्ता डिएसपी टेकबहादुर रावतका अनुसार भीमदत्त–१८ मामा भान्जा चोकस्थित सिंहको कोठा खान तलासी गर्ने क्रमम पेस्तोल फेला परेको थियो।
पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।